अमेरिकी फोटोग्राफरले खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’
काठमाडाैं | मंसिर १०, २०७९
काठमाडौं: सामाजिक सञ्जालमा चर्चा कमाएको अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’ भएको तथ्य बाहिरिएको छ ।
‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक‘ गर्दा पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको तथ्य पत्ता लागेको दाबी गरेको छ ।
अलपाइन इन्टरनेसनल म्यागाजिन हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको एक चर्चित म्यागेजिन हो ।
फ्याक्ट चेकमा भनिए अनुसार पावलोस्की एक फोटोग्राफर नै हुन या होइनन भन्नेमा समेत शंका रहेको छ ।
फ्याक्ट चेकमा उल्लेख गरिएको छ, ‘सामान्यतया हिमाली फोटोग्राफी ९माउन्टेन फोटोग्राफी० को संसारमा पनि त्यस्तै हुन्छ । तर भर्खर फोटोखिच्न सुरु गरेका, सिकारु फोटोग्राफरलाई भाग्यवश मौका मिल्न सक्छ त्यस्तो दृश्य भेट्टाउन । र किटीया पवलोस्की हिउँ चितुवाको केही सटहरू भेट्टाउन भाग्यशाली हुन पनि सक्छिन् । हिमालयमा वर्षौं बिताए पनि केही मानिसहरूले मुस्किलले झुलुक्क मात्रै देख्नपनि सक्छ । तर समस्या तस्वीररूको प्रकृतिमा छ । तिनीहरूको संरचना, प्रकाश, तिनीहरूको स्थानमा छ । अर्को शब्दमा, तिनीहरूको सत्यतामा छ । समस्या तस्वीरहरूको प्रकृति, तिनीहरूको संरचना, प्रकाश, तिनीहरूको स्थानमा छ। अर्को शब्दमा, तिनीहरूको सत्यतामा समस्यमा छ ।’
उक्त रिर्पोटका अनुसार पावलोस्कीका तस्बिरहरू उत्कृष्ट छन तर तिनीहरू प्राकृतिक नभई फोटोसप जस्ता सफ्टवेयर प्रयोग गरेर धेरै सिर्जना गरिएको हो ।
उक्त म्यागेजिनले फोटोग्राफरको सामाजिक सञ्जाल ९इन्स्ट्राग्राम०मा पनि शंका गरेको छ । ‘फोटोग्राफरको इन्स्ट्राग्राममा जम्मा ५ वटा मात्रै फोटो छन्, जसमा ४ वटा हिउँ चितुवाको छ र एउटा उनको छ । अरु ग्यालरी किन देखिएन रु’ म्यागेजिनले प्रश्न गरेको छ ।
फ्याक्ट चेकले दाबी गर्दै लेखेको छ, ‘पावलोव्स्कीलाई फोटोसप चलाउने कुरामा विज्ञता छ । उनले त्यही विज्ञता प्रयोग गरेकी हुन् । ‘
हिउँ चितुवाको फोटो सार्वजनिक भएसँगै नेपालस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजबाट समेत उक्त तस्वीर प्रकाशित भएको थियो । उक्त फोटोहरु नेपालमा भाइरल भएको थियो ।
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...

